सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-०६-१५
- A
- A-
- A+
रोल्पा, रोल्पा नगरपालिका-१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसीबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना हुँदा सह-चालक दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने २२ वर्षीय अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।