प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित व्राउनसुगर जस्तो वस्तु सहित मानिस पक्राउ

२०८०-०६-२८

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका-८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका-१० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, मधुबन नगरपालिका-२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।