प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६८ औं प्रहरी दिवस २०८० कार्यक्रम सम्पन्न:

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८०।०६।३० गते ६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित समारोहमा श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय गृहमन्त्री सन्तोष कुमार पाण्डेयज्यू, विशेष अतिथि प्रमुख सचिव राधिका अर्यालज्यू, श्रीमान् गृह सचिव लालबाबु कवारीज्यू, बुटवल उप-महानगरपालिकाका प्रमुख श्रीमान् खेलराज पाण्डेयज्यू र अतिथिको रुपमा अन्य सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरू, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा अमर प्रहरी प्रतिको सम्मान र सम्झनासँगै अमर प्रहरीका आश्रित परिवारजनहरूलाई प्रमुख अतिथिबाट कदर पत्र प्रदान गर्नुको साथै ६८ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयद्वारा मिति २०८० असोज २१ गते देखि ऐ. २७ गते सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठण्माडौंमा आयोजित प्रहरी दिवस रनिङ् कप पुरुष भलिवल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तर्फबाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरुलाई प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यू तथा प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

          लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि.द्वय गंगा बहादुर सारूशोभा पाण्डेद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीहरूको सम्झनामा शोक सलामी अर्पण गर्नुका साथै कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवान, प्रशिक्षक तथा प्रशिक्षार्थीहरू र अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीद्वारा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको शुभकामना सन्देश लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले बाचन गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८१-०८-०२

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ डाँफे बस्ने २० वर्षीय करण क्षेत्री र सोही गाउँपालिका-१ गुरुङ्ग टोल बस्ने २८ वर्षीय बिजय घर्ती रहेका छन् । प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१ निरीक्षण सम्पन्न
२०८१-०५-३१

नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१” को कार्यतालिका बमोजिम आज मिति २०८१ भदौ ३१ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यू सहितको निरीक्षण टोलीद्वारा यस कार्यालयको भौतिक पूर्वाधारहरूको अवस्था एवम् संरचना निर्माण, उपलब्ध साधनस्रोतहरूको व्यवस्थापन र सदुपयोग, लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्था, यस कार्यालयबाट भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरूका साथै सम्पूर्ण शाखाहरूबाट सम्पादित कार्यहरू, सेवा प्रवाहको अवस्था र अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन मूल्याङ्कन कार्य सम्पन्न भएको छ । निरीक्षणका क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायत ज्यूले लुम्बिनी प्रदेश प्रहरीको समग्र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूबाट यस कार्यालय तथा लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म दाङमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरीमा कार्य दक्षता मूल्याङ्कन (Police Baton) को महत्त्व र यसले प्रहरी सङ्गठनको सेवा प्रवाह तथा कार्य क्षमता अभिवृद्धि र साङ्गठनिक सुधारका विभिन्न क्षेत्रमा परेको सकारात्मक प्रभावको उल्लेख गर्दै समसामयिक विषयवस्तुमा निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अवसरमा यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायत ज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरी मूल्याङ्कन समितिले दिईएका महत्त्वपूर्ण सुझाव तथा निर्देशनहरूको अक्षरंश पालना गर्न प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।