प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६८ औं प्रहरी दिवस २०८० कार्यक्रम सम्पन्न:

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८०।०६।३० गते ६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित समारोहमा श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय गृहमन्त्री सन्तोष कुमार पाण्डेयज्यू, विशेष अतिथि प्रमुख सचिव राधिका अर्यालज्यू, श्रीमान् गृह सचिव लालबाबु कवारीज्यू, बुटवल उप-महानगरपालिकाका प्रमुख श्रीमान् खेलराज पाण्डेयज्यू र अतिथिको रुपमा अन्य सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरू, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा अमर प्रहरी प्रतिको सम्मान र सम्झनासँगै अमर प्रहरीका आश्रित परिवारजनहरूलाई प्रमुख अतिथिबाट कदर पत्र प्रदान गर्नुको साथै ६८ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयद्वारा मिति २०८० असोज २१ गते देखि ऐ. २७ गते सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठण्माडौंमा आयोजित प्रहरी दिवस रनिङ् कप पुरुष भलिवल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तर्फबाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरुलाई प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यू तथा प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

          लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि.द्वय गंगा बहादुर सारूशोभा पाण्डेद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीहरूको सम्झनामा शोक सलामी अर्पण गर्नुका साथै कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवान, प्रशिक्षक तथा प्रशिक्षार्थीहरू र अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीद्वारा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको शुभकामना सन्देश लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले बाचन गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र  कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१२-०३

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।