प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

२०८०-०७-११

  • A
  • A-
  • A+
Share

बाँके,

कोहलपुर नगरपालिका-११ रेडक्रस रोडबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका-६ बस्ने २० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

            यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ट्याब्लेटसहित मुगु सोरू गाउँपालिका-९ बस्ने २६ वर्षीय प्रकाश मान शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
९.२४० ग्राम लागूऔषध खैरो हेरोईनसिहत एक जना पक्राउ
२०८३-०७-०९

जिल्ला कपिलवस्तु, शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । स्थानीय २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी हुन् ।आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गर्दा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला पारेको हो ।साथै, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिन थान १ समेत बरामद गरी अस्मिता बोहोरालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुमा ल्याइएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।