प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०८०-०७-१३

  • A
  • A-
  • A+
Share

बाँके,

नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका-१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध गाँजा सहित १ जना पक्राउ
२०८१-१२-०५

रूपन्देही, सिद्धार्थनगर नगरपालिका स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ शुद्ध तौल ७ किलोग्रा ५०० ग्राम सहित सोमबार दिउँसो Thai Air Asia को उडान मार्फत थाइल्याण्को बैङ्ककबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएकी (पासपोर्ट नं. X5250926) मुम्बई महाराष्ट्र ठेगाना भएकी महिला बर्ष अन्दाजी ४५ कि गुलनाज बैग (Gulnaz Baig) लाई  प्रहरीले प्रकाउ गरेको छ ।  उक्त स्थानमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ सहित उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।