प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न धनमाल चोरी

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

कपिलवस्तु

कृष्णनगर नगरपालिका-२ कृष्णनगर बस्ने ६१ वर्षीय राम सेवक त्रिपाठीको घरबाट कोही नभएको अवस्थामा च्यानल गेटको ताल्चा फोडेर नगद ५ लाख रूपैयाँ र सुनको विभिन्न गहना गरी करिब २८ लाख ७१ हजार ४ सय ७५ रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरका सदस्य मंसिर ११ गते आफन्तकोमा गएर १२ गते घर फर्किए पश्चात उक्त धनमाल चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।