प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जंगलबाट एकनाले भरूवा बन्दुक बरामद

२०८०-०८-२०

  • A
  • A-
  • A+
Share

पाल्पा,

रम्भा गाउँपालिका-२ फोक्सीङस्थित आँपगैरा जंगलको सडक छेउबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०७-२२

बर्दिया, राजापुर नगरपालिका-१० जोगीपुरस्थित सडकमा राजापुरदेखि गुलरियातर्फ जाँदै गरेको लु.प्र.०३-००१ प ४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरीया नगरपालिका-७ बस्ने ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।