प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

२०८०-०८-२४

  • A
  • A-
  • A+
Share

पाल्पा, निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मर बहादुर सारुको आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लाग्दा शनिबार राति घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।