प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकमसहित पक्राउ

२०८०-०८-२९

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपैयाँसहित पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.५९ प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक धुनियालाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।