प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०८०-१०-०५

  • A
  • A-
  • A+
Share

रूपन्देही,

देवदह नगरपालिका-६ गिद्धे भिरस्थित सडकमा लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा टिपरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा टिपरमा सवार पाल्पा माथगढी गाउँपालिका रहबास बस्ने ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सृजना सारूकी छोरी २ वर्षीया प्रसला सारू रहेका छन् । दुर्घटनामा घाइते भएका टिपर चालक समेत २ जनालाई उपचारको लागि मेडिकल कलेज भुलही पठाइएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।