प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०८०-१०-०५

  • A
  • A-
  • A+
Share

रूपन्देही,

देवदह नगरपालिका-६ गिद्धे भिरस्थित सडकमा लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा टिपरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा टिपरमा सवार पाल्पा माथगढी गाउँपालिका रहबास बस्ने ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सृजना सारूकी छोरी २ वर्षीया प्रसला सारू रहेका छन् । दुर्घटनामा घाइते भएका टिपर चालक समेत २ जनालाई उपचारको लागि मेडिकल कलेज भुलही पठाइएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार