प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित १ जना पक्राउ

२०८०-१०-११

  • A
  • A-
  • A+
Share

दाङ,

घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम र नगद ३५ हजार ३ सय ५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३७ वर्षीया कमली नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कमलीको रेष्टुरेन्ट तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार