करेन्ट लागेर मृत्यु
२०८०-१०-१६
- A
- A-
- A+
बाँके, डुडुवा गाउँपालिका-१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।