प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित २ जना पक्राउ

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सनम कुमार बुढा र सोही उपमहानगरपालिका-१४ जनचेतना टोल बस्ने ३२ वर्षीय बिजय कुमार बुढा रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सनमको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२०८३-०२-१८

दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।