प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित एक जना पक्राउ

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

दाङ,

 लमही नगरपालिका-५ हस्पिटल चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित सोही नगरपालिका-६ देउपुर बस्ने २२ वर्षीय सरोज नेपालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।