प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित १ जना पक्राउ

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।