प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाढिमा फसेको मानिस उद्दार

२०८१-०३-२३

  • A
  • A-
  • A+
Share

मिती २०८१।०३।२२ गते १३:३० बजेको समयमा जिल्ला बाँके राप्तीसोनारी गा.पा.४ मोरङ्गा स्थितमा छाडा गाई बस्तु संरक्षणको लागी रहेको गौशालामा काम गर्ने ऐ.ऐ. देवपुर बस्ने बर्ष ६८ को सोनुराम थारु गाईबस्तुको गोठाला (हेरचाहा) गएकोमा ऐ.ऐ. मोरङ्गा खोलामा पानीको बाहाब बढ्न गई अलपत्र परेको भनि जानकारी प्राप्त हुन साथ इ.प्र.का. बैजापुरबाट खटिएको प्रहरी टोलीले निजलाई सकुशल उद्दार गरी ल्याएको र गाईबस्तु सोही स्थानमा सुरक्षित रहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।