प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाढिमा फसेको मानिस उद्दार

२०८१-०३-२३

  • A
  • A-
  • A+
Share

मिती २०८१।०३।२२ गते १३:३० बजेको समयमा जिल्ला बाँके राप्तीसोनारी गा.पा.४ मोरङ्गा स्थितमा छाडा गाई बस्तु संरक्षणको लागी रहेको गौशालामा काम गर्ने ऐ.ऐ. देवपुर बस्ने बर्ष ६८ को सोनुराम थारु गाईबस्तुको गोठाला (हेरचाहा) गएकोमा ऐ.ऐ. मोरङ्गा खोलामा पानीको बाहाब बढ्न गई अलपत्र परेको भनि जानकारी प्राप्त हुन साथ इ.प्र.का. बैजापुरबाट खटिएको प्रहरी टोलीले निजलाई सकुशल उद्दार गरी ल्याएको र गाईबस्तु सोही स्थानमा सुरक्षित रहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।