प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका बिभिन्न अबैध सामान नियन्त्रणमा

२०८१-०४-१३

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।१२ र १३ गते रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/पैठारी गरेको अवस्थामा अन्दाजी मुल्य रु.५,९७,८००।- बराबरको निम्नानुसारको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको ।

निम्नः-

१. चिनीः-६१ बोरा (३,०५० के.जी.)

२. प्याजः-४ बोरा (२०० के.जी.)

३. साडी:- १२५ पिस

४. कुर्था सुरुवालः - ११७ पिस

५. लेगिज:- ४४ पिस

६. चुन्नीः- १३ पिस

७. एयेरबोर्ड:-९ पिस

८. तरकारी तथा फलफुलहरु

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।