प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-१६

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।१५ गते राति अन्दाजी २२:३५ बजे जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका-०१ बाउनगढी स्थित भित्री सडकखण्डमा अमहवा देखी गोपिगंज तर्फ आउदै गरेको UP 56 X 0042 नं. को मो.सा. लाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले शंका लागी रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र लुकाई ल्याएको निम्न प्रकारको प्रतिवन्धित लागुऔषध फेला परेकाले मो.सा. सहित चालक ऐ. प्रतापपुर गा.पा. १ भिठ्ठा बस्ने बर्ष २८ को अजय यादवलाई नियन्त्रणमा लिईएको । मिति २०८१/०४/१६ गते लागुऔषध सम्बन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट दिन ५ (पाँच ) म्याद थप भई अनुसन्धान भई रहेको।

निम्नः

१)PROXICO-SPAS- (५९ पत्ता) ४७७ ट्याब्लेट

२) NITRVET-10 पत्ता- ८८ ट्याब्लेट

३) ONEREX- १००ml को ३ सिसि

४) Syringe -२ थान

UP 56 X 0042 नं. को मोटरसाईकल थान १

REDMI/Lava mobile थान-१ समेत

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।