प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-१६

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।१५ गते राति अन्दाजी २२:३५ बजे जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका-०१ बाउनगढी स्थित भित्री सडकखण्डमा अमहवा देखी गोपिगंज तर्फ आउदै गरेको UP 56 X 0042 नं. को मो.सा. लाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले शंका लागी रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र लुकाई ल्याएको निम्न प्रकारको प्रतिवन्धित लागुऔषध फेला परेकाले मो.सा. सहित चालक ऐ. प्रतापपुर गा.पा. १ भिठ्ठा बस्ने बर्ष २८ को अजय यादवलाई नियन्त्रणमा लिईएको । मिति २०८१/०४/१६ गते लागुऔषध सम्बन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट दिन ५ (पाँच ) म्याद थप भई अनुसन्धान भई रहेको।

निम्नः

१)PROXICO-SPAS- (५९ पत्ता) ४७७ ट्याब्लेट

२) NITRVET-10 पत्ता- ८८ ट्याब्लेट

३) ONEREX- १००ml को ३ सिसि

४) Syringe -२ थान

UP 56 X 0042 नं. को मोटरसाईकल थान १

REDMI/Lava mobile थान-१ समेत

सम्बन्धित समाचार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र  कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१२-०३

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।