प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा शैक्षिक सामाग्री वितरण कार्यक्रम

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

घोराही, दाङ

मिति २०८१।०४।२४ गते घोराही उप-महानगरपालिका वडा नं. १३ कलमघारी स्थित बाल कल्याण प्रा.वि. कलमघारीमा नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिक उत्सव को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा जि.प्र.का दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, घोराही उप-महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम गिरी, विद्यालयका प्रधानाध्यापक टोप बहादुर वली, अभिभावक संघका अध्यक्ष, व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायतको उपस्थितीमा उक्त विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई ३० थान झोला, १५० थान कापी र ३० दर्जन पेन्सील वितरण गरी कार्यक्रम सम्पन्न भएको 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०६-१८

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।