प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा शैक्षिक सामाग्री वितरण कार्यक्रम

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

घोराही, दाङ

मिति २०८१।०४।२४ गते घोराही उप-महानगरपालिका वडा नं. १३ कलमघारी स्थित बाल कल्याण प्रा.वि. कलमघारीमा नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा जि.प्र.का दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, घोराही उप-महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम गिरी, विद्यालयका प्रधानाध्यापक टोप बहादुर वली, अभिभावक संघका अध्यक्ष, व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायतको उपस्थितीमा उक्त विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई ३० थान झोला, १५० थान कापी र ३० दर्जन पेन्सील वितरण गरी कार्यक्रम सम्पन्न भएको 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।