प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा शैक्षिक सामाग्री वितरण कार्यक्रम

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

घोराही, दाङ

मिति २०८१।०४।२४ गते घोराही उप-महानगरपालिका वडा नं. १३ कलमघारी स्थित बाल कल्याण प्रा.वि. कलमघारीमा नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिक उत्सव को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा जि.प्र.का दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, घोराही उप-महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम गिरी, विद्यालयका प्रधानाध्यापक टोप बहादुर वली, अभिभावक संघका अध्यक्ष, व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायतको उपस्थितीमा उक्त विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई ३० थान झोला, १५० थान कापी र ३० दर्जन पेन्सील वितरण गरी कार्यक्रम सम्पन्न भएको 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।