प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट मानिसको मृत्यु

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेवी गाउँपालिका-२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको पछाडिको टायरले किचेको थियो । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, राप्तिसोनारी गाउँपालिका-९ झिझिरी खोलास्थित सडकमा कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ज्ञानकुञ्ज ईङलिस मिडियम बोडिङ स्कुल चप्परगौडीको ना.४ ख ४५७० नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्तिसोनारी गाउँपालिका-९ खैरी बस्ने २६ वर्षीय गोबिन्द वलीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।