प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित तीन जना पक्राउ

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

दाङ, २७ साउन

            राजपुर गाउँपालिका-४ फोहरा बस्ने २२ वर्षीय ईच्ढा कुमार रैदासलाई भरूवा बन्दुक १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चङगुवाबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखालीस्थित गादिबरा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान र सोही बन्दुकको गोली २१ राउण्ड छर्रा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ सुनवलपुर बस्ने ३६ वर्षीय टंक थापा र २९ वर्षीय युबराज गिरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोठिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।