प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पहिराे जाँदा सडक अवरूद्ध

२०८१-०६-१४

  • A
  • A-
  • A+
Share

नवलपरासी (पश्चिम) जिल्ला, बर्दघाट नगरपालिका वडा नं. ४ दाउन्ने जंगल स्थित पूर्वपश्चिम राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। उक्त सडक मर्मत नहुँदासम्मका लागि प्रयोग नगर्नुहुन सबैमा अनुरोध गरिन्छ। सडक सुचारु भए पश्चात् अपडेट गराउने छौ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।