प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०८-१६

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके कोहलपुर नगरपालिका-६ रझेना स्थित सिक्टा नहरको पुलमा सिक्टाबाट रझेना तर्फ भे ७ प २९७ नं.को मोटरसाइकल जाँदै गरेको जिल्ला बाँके कोहलपुर नगरपालिका-६ रझेना बस्ने बर्ष ३१ को बिश्वनाथ थारुलाई शंका लागी चेकजाँच गर्दा निजले बाँया हातमा लगाएको कालो रंगको पञ्जा भित्र लुकाई छिपाई राखेको खैरो कलरको ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ  (प्लास्टिक सहित को तौल ५ ग्राम ७० मिली ग्राम फेला पारी निज लाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।