प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०८-१७

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका-१५ जमुनाह चेकपोईन्ट नजिक प्रहरीको चेकिङ्ग टोलीले भारतको रुपैडिहाबाट नेपालतर्फ आउदै गरेको पैदलयात्री जिल्ला अछाम साफेबगर नगरपालिका-३ बस्ने बर्ष ३० को चन्द्र बहादुर बुढालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १०० ट्याब्लेट ट्रामाडोल र २० ट्याब्लेट नाईट्राजेपाम फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।