अवैध लागू औषध सहित २ जना पक्राउ
२०८१-०९-०७
- A
- A-
- A+
कपिलवस्तु, बाणगंगा नगरपालिका-७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ चौवाँ बस्ने २५ वर्षीय मौसम गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ निगाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन
जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-११ जहदी बस्ने
२९ वर्षीय जलन्धर केवटलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय पिपराबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।