प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

रूपन्देही, सैनामैना नगरपालिका-८ बाँसगदीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण थारू र २७ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.८३ प ७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार