प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित ३ जना पक्राउ

२०८१-०९-११

  • A
  • A-
  • A+
Share

बाँके,कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बारबर्दिया नगरपालिका-८ बस्ने २२ वर्षीय संतोष आउजी, ३० वर्षीय राम प्रसाद चौधरी र २९ वर्षीय प्रेम भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार