सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-०९-११
- A
- A-
- A+
दाङ, गढवा गाउँपालिका-५ कक्रहवास्थित सडकमा रा.१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका-३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम वि.क.को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना सम्बन्धमा प्रहरीद्धारा थप अनुसन्धान भई रहेको छ ।