प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट एकजनाको मृत्यु

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

रुपन्देही, बुटवल उ.म.न.पा.५ नेपालगंज रोड स्थित पुर्व पश्चिम राजमार्गमा अं. ०९:५५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ ख ३३३६ नं.को टिप्परले सोही दिशातर्फ जादै गरेको लु ४१ प १५२८ नं.को मोटर साइकल लाई ठक्कर दिँदा मोटर साइकल चालक जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-१६ बस्ने बर्ष ४६ को उमेश बहादुर भण्डारीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा अं १०:१९ बजे डा. द्वारा मृत घोषणा गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिई थप अनुसान्धन गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।