प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट एकजनाको मृत्यु

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

रुपन्देही, बुटवल उ.म.न.पा.५ नेपालगंज रोड स्थित पुर्व पश्चिम राजमार्गमा अं. ०९:५५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ ख ३३३६ नं.को टिप्परले सोही दिशातर्फ जादै गरेको लु ४१ प १५२८ नं.को मोटर साइकल लाई ठक्कर दिँदा मोटर साइकल चालक जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-१६ बस्ने बर्ष ४६ को उमेश बहादुर भण्डारीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा अं १०:१९ बजे डा. द्वारा मृत घोषणा गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिई थप अनुसान्धन गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।