प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेटवर्किङ्ग (डिभाइस) सामाग्रीहरु सहित मानिस नियन्त्रण

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा न.३ खजहना स्थित गुलावचन्द गुप्ताको घरमा भाडामा लिई बस्ने भारत घर भएका सुभम् गुप्ताले बल्क म्यासेजिङग गरेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.रुपन्देहीबाट प्र.नि. भरत के.सी सहितको टोली खटिई गई रित पुर्वक तलाशि लिने क्रममा उक्त घरको दोश्रो तलाको दक्षिण तर्फ रहेको कोठा भित्रबाट तपशिलमा उल्लेखित नेटवर्किङ्ग (डिभाइस) सामाग्रीहरु सहित उक्त कोठामा रहेका जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.८ बस्ने वर्ष २८ को रोहित अहिरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको, सुभम् गुप्ता फरार रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।निम्न सामाग्रीहरू पक्राउ परेका छन:-

1.      Sipolar company hub थान सानो ९

2.      intel core i5 company cpu processor 4

3.       modem 167

4.      hub with antenna 2

5.      Ntc sim cards 199

6.      Ncell sim cards 281

7.      Lcd monitor 1

8.      Routers 4

9.      Switch 1

10.  Network video recorder

11.  Hub cables

12.  Mobile 5

13.  Antena 31

14.  Multiplock 2

15.  Laptop 1

16.  सिमकार्डसँग सम्बन्धित भिविन्न कागजातहरु

17.  विभिन्न व्यक्तिहरुका नागरिकताको प्रतिलिपी

18.  ऐभरेष्ट ट्रेडर्सका कम्पनीको छाप

19.  आधारकार्ड

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र  कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१२-०३

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-११-२८

रूपन्देही, सियारी गाउँपालिका-२ सेमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-३ कमहरिया बस्ने ३२ वर्षीय अमेरिका केवट र सोही गाउँपालिका-२ कलीकमहवा बस्ने २९ वर्षीय भान प्रकास मल्लाह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.६२ प ८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।