प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेटवर्किङ्ग (डिभाइस) सामाग्रीहरु सहित मानिस नियन्त्रण

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा न.३ खजहना स्थित गुलावचन्द गुप्ताको घरमा भाडामा लिई बस्ने भारत घर भएका सुभम् गुप्ताले बल्क म्यासेजिङग गरेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.रुपन्देहीबाट प्र.नि. भरत के.सी सहितको टोली खटिई गई रित पुर्वक तलाशि लिने क्रममा उक्त घरको दोश्रो तलाको दक्षिण तर्फ रहेको कोठा भित्रबाट तपशिलमा उल्लेखित नेटवर्किङ्ग (डिभाइस) सामाग्रीहरु सहित उक्त कोठामा रहेका जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.८ बस्ने वर्ष २८ को रोहित अहिरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको, सुभम् गुप्ता फरार रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।निम्न सामाग्रीहरू पक्राउ परेका छन:-

1.      Sipolar company hub थान सानो ९

2.      intel core i5 company cpu processor 4

3.       modem 167

4.      hub with antenna 2

5.      Ntc sim cards 199

6.      Ncell sim cards 281

7.      Lcd monitor 1

8.      Routers 4

9.      Switch 1

10.  Network video recorder

11.  Hub cables

12.  Mobile 5

13.  Antena 31

14.  Multiplock 2

15.  Laptop 1

16.  सिमकार्डसँग सम्बन्धित भिविन्न कागजातहरु

17.  विभिन्न व्यक्तिहरुका नागरिकताको प्रतिलिपी

18.  ऐभरेष्ट ट्रेडर्सका कम्पनीको छाप

19.  आधारकार्ड

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।