प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया न.पा.११ लालपुरबाट  जिल्ला प्रहरी कर्यलय बर्दियाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि चोरी निकासी गरी ल्याउदै गरेको फेन्सी कपडा अन्दाजी मूल्य रु.५८,२००।- बराबरको सामान छोडी मानिस फरार रहेकोले उक्त सामान बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय बर्दिया तर्फ पठाईएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।