प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

रुपन्देही, सम्मरिमाई गाउँपालिका वडा नं. ६ पोखरहवामा इलाका प्रहरी कार्यालय मर्चवा र रुपन्देहीबाट  खटिएको ७ जनाको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको प्याज २०० के.जि., साडी ५५ थान,कुर्ता १७ थान,टिसर्ट ७ थान,सिरकको खोल २२ थान,अन्य कपडाहरू १९ थान र नेपाल बाट भारत तर्फ लैजादै गरेको लसुन ११० के.जी गरी जम्मा रु. १,५०,२००/-(एक लाख पचास हजार दुई सय मात्र) बराबरको सामान नियन्त्रणमा लिई  आबश्यक कारबाहिको लागी भन्सार कार्यालय भैरहवा पठाईएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।