प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

रुपन्देही, सम्मरिमाई गाउँपालिका वडा नं. ६ पोखरहवामा इलाका प्रहरी कार्यालय मर्चवा र रुपन्देहीबाट  खटिएको ७ जनाको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको प्याज २०० के.जि., साडी ५५ थान,कुर्ता १७ थान,टिसर्ट ७ थान,सिरकको खोल २२ थान,अन्य कपडाहरू १९ थान र नेपाल बाट भारत तर्फ लैजादै गरेको लसुन ११० के.जी गरी जम्मा रु. १,५०,२००/-(एक लाख पचास हजार दुई सय मात्र) बराबरको सामान नियन्त्रणमा लिई  आबश्यक कारबाहिको लागी भन्सार कार्यालय भैरहवा पठाईएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।