प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ झण्डेनगरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२६ गते अंदाजी २१:४० बजे जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-३  लक्ष्मीनगर बस्ने बर्ष १९ को अब्दजय द्दीन कुरैसीलाई हिंडिरहेको अबस्थामा शंकास्पद लागी निजको शरिर खानतलासी गर्दा निजले लगाएको कालो ज्याकेटको अगाडीको दाँया तर्फको गोजीमा लुकाई छिपाई राखेको प्लाष्टिकको पोका भित्र सेतो कापिको कागजको ०२ (दुई) वटा पुडिया रहेको र खोली हेर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ कागज सहितको एकमुस्ट तौल गर्दा ३०० (तीन सय) मिलि ग्राम रहेको थियो । उक्त तौल मध्येबाट कागजको टुक्राको तौल घटाँउदा शुद्ध तौल १६०(एक सय साठ्ठी) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुमा ल्याई राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।