प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

नवलपरासी, पाल्हीनन्दन गा.पा. ३ कुस्मामा मिति २०८१। १०।०४ गते अंदाजी १८:०० बजे महेशपुर परासी सडक खण्डमा परासीबाट महेशपुरतर्फ आउँदै गरेको UP 56 AP 6293 नं. को मोटरसाइकल ले सोही दिशाबाट आउँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री वर्ष अं. ६० को राम सुमत चमारको ढाड र खुट्टामा भित्री चोट लाग्दा उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएको थियो । मिति २०८१।१०।२६ गते अंदाजी १७:०० बजे निज घाईते राम सुमत चमारको अबस्था सुधार नभए पछि डिस्चार्ज गराई घर ल्याएकोमा २३:३० बजे मृत्यु भएको भनि सोहि वडाको वडा अध्यक्ष गोधन प्रसाद हरिजनले आज मिति २०८१।१०।२७ गते अंदाजी ०७:०० बजे जानकारी गराउना साथ तत्काल इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटई थप अनुसन्धान भइरहको  छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।