प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरमा आगलागी

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला रोल्पा, सुनछहरी गाउँपालिका वडा नं.०६ फगाम स्थित जुम्या डाँडा बस्ने पुस्ते पुन मगरको दुई तले १ कोठे ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको कच्ची घरमा जडान गरेको बिजुलीको तार सट भई एक्कासी आगोलागी भएको हो । प्रहरी चौकी जेलवाङ, रोल्पाबाट प्रहरी टोली खटि गई बुझ्दा,मानविय र चौपाय क्षती नभएको,घर भित्र रहेको कुखुरा ६ वटा जलि नष्ट भएको,भाडा वर्तन,लत्ताकपडा,काठ,लालपुर्जाको प्रमाण पत्र र घर पुर्ण रुपमा जलि अं.७,००,०००।–(सात लाख)बराबरको क्षती भएको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।