प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरमा आगलागी

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला रोल्पा, सुनछहरी गाउँपालिका वडा नं.०६ फगाम स्थित जुम्या डाँडा बस्ने पुस्ते पुन मगरको दुई तले १ कोठे ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको कच्ची घरमा जडान गरेको बिजुलीको तार सट भई एक्कासी आगोलागी भएको हो । प्रहरी चौकी जेलवाङ, रोल्पाबाट प्रहरी टोली खटि गई बुझ्दा,मानविय र चौपाय क्षती नभएको,घर भित्र रहेको कुखुरा ६ वटा जलि नष्ट भएको,भाडा वर्तन,लत्ताकपडा,काठ,लालपुर्जाको प्रमाण पत्र र घर पुर्ण रुपमा जलि अं.७,००,०००।–(सात लाख)बराबरको क्षती भएको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।