प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

औषधीजन्य समान बरामद

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिका ७ मर्यादपुर स्थित नेपाल भारत दशगजा नजिक भारतबाट नेपाल तर्फ ल्याई वेवारिसे अवस्थामा छाडेको निम्नानुसारका विभिन्न किसिमका औषधी जम्मा मुल्य रु.३,७६,७०८।– (तिन लाख छ्यहत्तर हजार सात सय आठ) बराबरको फेला पारी बरामद गरी प्रहरी चौकी मर्यादपुर ल्याई राखिएको छ । यस सम्बन्धमा आवश्यक कार्वाहीको लागी भन्सार कार्यलमा पठाउने पहल भईरहेको छ ।

निम्न:-

(१) Zepclav 625 - 50 pkt    (२) A2Z मल्टि भिटामिन झोल - 45pcs   (३) मल्टि भिटामिन क्याप्सुल -30pcs

(४) राबिस्टोल DSR - 50pcs   (५) क्याल्सियम ट्याब्लेट - 5pcs             (६) क्याल्सियम क्याप्सुल- 90pcs

(७) जेमसोलिन क्याल्सियम - 29pcs (८) जेमसोलिन क्याल्सियम (15 पिसको पत्ता) -2pcs    (९) स्मुथ क्याप्सुल - 1pcs

(१०) Nuforce 400 - 10pcs      (११)  rite hite 2 bottle               (१२) mega-cv 375 - 5pcs

(१३) thuga-sbl 3pcs            (१४) kt 5 derm 4pcs                     (१५)  sodium phosphate anime-1pcs

(१६)  elwixim AZ - 2pcs      (१७)  quadriderm RF 3 pcs          (१८) L-hist mont 10 pcs

(१९) fexocas M - 5 pcs       (२०)  mefatal SPAS 5pcs              (२१) dicloplus 20 pcs

(२२)  lentace sp 10pcs       (२३) cefdoza 200 DT 5 pcs          (२४) iroster xt 5pcs

(२५) cefix 200 - 5pcs          (२६) zerodol sp 1pcs                  (२७)  megacelo sp 2pcs

(२८) cefibris O 5pcs          (२९  althrocin-500 5pcs               (३०) tapal ER -50 1pcs    

(३१) wisolone-5  20pcs     (३२ ovral-L 3pcs                         (३३) asthakind-ls drop 5 pcs

(३४) dd25 5pcs                   (३५) coldibris plus 10pcs             (३६) drotoza m 10pcs

(३७) cefforone 500 2pcs    (३८)  dolocold junior 10 pcs        (३९) alkof syrup 5pcs

(४०) elscap 4pcs              (४१) nebulizer kit mask 2pcs          (४२)  mefuza spas 10pcs

(४३)  elosone HT 80pcs













सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।