प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु १ जना घाईते

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला दाङ, तुलसीपुर उप-महानगरपालिका ६ हात्तिखौवा स्थित घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको ना ६ ख ५९२२ नं.को औषधी बोकेको ट्रकले भुस्राबाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र. ०२-००१ प २८६८ नं.  मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी सवार जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ७  बस्ने बर्ष अन्दाजी ५६ को जंग बहादुर चौधरीको  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल चालक जिल्ला दाङ, तुलसीपुर उप-महानगरपालिका भुस्रा बस्ने बर्ष ४७ को तिर्थ बहादुर खत्री राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ उपचार भईरहेको छ । ट्रक चालक जिल्ला बारा, जितपुर सिमरा उप-महानगरपालिका १६ पिलुवा बस्ने बर्ष ४५ को जयराम अधिकारीलाई  प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।