प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोरखोरे,नगद सहित मानिस नियन्त्रणमा

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलवस्तु, बाणगंगा नगरपालिका १० गोगापुर बस्ने शिव थारुको घर अगाडी खोरखोरे खल्दै गरेको अवस्थामा नगद रु. ३,१५,१८० (तिन लाख पन्ध्र हजार एक सय असी) रुपैया, ९ वटा खोरखोरे खेलाउने गोटी र बुर्जा सहित १२ जना मानिसहरूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।