प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोरखोरे,नगद सहित मानिस नियन्त्रणमा

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलवस्तु, बाणगंगा नगरपालिका १० गोगापुर बस्ने शिव थारुको घर अगाडी खोरखोरे खल्दै गरेको अवस्थामा नगद रु. ३,१५,१८० (तिन लाख पन्ध्र हजार एक सय असी) रुपैया, ९ वटा खोरखोरे खेलाउने गोटी र बुर्जा सहित १२ जना मानिसहरूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।