प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी मानिस मृत्यु

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

रुकुम (पूर्वी भाग), भुमे गाउँपालिका-४ साकिम बस्ने चन्द्रसिङ पुनले मिति२०८१।१०।२९ गते ढाटी बुढा र निज महिलाको नाति ८ महिनाको समिर बुढा दुबै जनालाई एक्कासी धारिलो हतियार (खुकुरी) ले प्रहार गरि घटनास्थलमै मृत्यु भएको र निज चन्द्रसिङ पुन फरार रहेको भनि दिल कुमारी बुढाको जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ १० जनाको प्रहरी टोली खटिएको थियो । यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।