अवैध लागूऔषध सहित मानिस पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ ट्रान्समिटरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित भारत उत्तर प्रदेश बलारामपुर मदरहवा कला पोष्ट बिसनपुर टन्टनवा भगगौरा बस्ने ३८ वर्षीय पारस गौडलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-७ अर्जुनखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१४ नयाँ बजार बस्ने १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घोराहीबाट बुटवलतर्फ जाँदै गरेको रा.८ प ४४०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-७
बठुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्राम
सहित सोही ठाउँ बस्ने ४० वर्षीय नन्द किशोर कुर्मीलाई मंगलबार साँझ प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित
पक्राउ गरेको हो ।