सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-१०-३०
- A
- A-
- A+
रोल्पा, रून्टीगढी गाउँपालिका-२
लामीडाँडास्थित सडकमा रून्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो
अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका-२
धारापानी बस्ने ६५ वर्षीय ईन्द्र घर्तीको घट्नास्थलमै मृत्यु भएको छ । साथै
दुर्घटनामा घाइते भएका अटो चालक समेत २ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको
छ ।