अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ ट्रान्समिटरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित भारत उत्तर प्रदेश बलारामपुर मदरहवा कला पोष्ट बिसनपुर टन्टनवा भगगौरा बस्ने ३८ वर्षीय पारस गौडलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।