प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-११-०१

  • A
  • A-
  • A+
Share

पाल्पा,  रामपुर नगरपालिका ३ निस्दि खोला  स्थित रजगरा कृतिपुर भित्री कच्चि सडक खण्डमा निस्दि खोलादेखि कृतिपुर तर्फ आउदै गरेको लु ४ त ५२७१ न. को ढुङ्गा लोड गरेको ट्याक्टरको ट्रलिमा सवार जिल्ला पाल्पा, रामपुर नगरपालिका १ बर्दाकोट बस्ने भिम बहादुर सारुको छोरा बर्ष १५ को नकुल सारु अचानक ट्रलीबाट खसी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते सारुको रामपुर अस्पताल पाल्पादेखि थप उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभाष, पाल्पा पठाईएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभाष, पाल्पादेखि उनलाई थप उपचारको लागी काठमाण्डौंको ईनोभा अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।