प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-११-०१

  • A
  • A-
  • A+
Share

पाल्पा,  रामपुर नगरपालिका ३ निस्दि खोला  स्थित रजगरा कृतिपुर भित्री कच्चि सडक खण्डमा निस्दि खोलादेखि कृतिपुर तर्फ आउदै गरेको लु ४ त ५२७१ न. को ढुङ्गा लोड गरेको ट्याक्टरको ट्रलिमा सवार जिल्ला पाल्पा, रामपुर नगरपालिका १ बर्दाकोट बस्ने भिम बहादुर सारुको छोरा बर्ष १५ को नकुल सारु अचानक ट्रलीबाट खसी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते सारुको रामपुर अस्पताल पाल्पादेखि थप उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभाष, पाल्पा पठाईएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभाष, पाल्पादेखि उनलाई थप उपचारको लागी काठमाण्डौंको ईनोभा अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।