प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८१-११-०१

  • A
  • A-
  • A+
Share

रोल्पा, सुनिल स्मृति गाउँपालिका-१ पंचिकोट बस्ने तुला महतराको घरमा अचानक बिजुलीको तार सर्ट हुन जादा फुसले छाएको १ तले २ कोठे कच्ची घर र संगै जोडिएको गोठमा आगोलागी हुँदा गोठ र घर पुर्ण रुपमा जली नष्ट भएको हो । उक्त आगोलागी बाट मानविय क्षेती नभएको, तर नगद रु. ३५५००।-(पैतिस हजार पाँच सय), गोठमा रहेको ३ बाख्रा,३ बोका,२५ वटा कुखुरा र अन्नपात,लत्ताकपडा,भाडाबर्तन र काठपात जली अन्दाजी रु. १,०००,०००।-(दश लाख) बराबरको क्षति भएको छ ।  स्थानियको सहयोगमा  आगो नियन्त्रणमा आएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खुड्ग्री, रोल्पाबाट प्रहरी टोली खटी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।